हेमजा । जनवर्गीय संगठन मजबुत भएमात्रै पार्टी संगठन बलियो हुने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटीअन्तर्गत वडा १ को सोमवार सम्पन्न शपथ ग्रहण समरोहका वक्ताले सो कुरामा जोड दिएका हुन्।
उनीहरुले पार्टी अहिले एकताको अन्तिम प्रक्रियामा रहेको उल्लेख गर्दै अब टोल कमिटी हुँदै सेल कमिटी गठनतर्फ पनि ध्यान दिइने बताए।
प्रमुख अतिथि नेकपा जिल्ला सचिव एवम् प्रदेश सचिवालय सदस्य बखानसिंह गुरुङले एकतामा नै शक्ति हुने औँल्याउँदै जसलाई गत निर्वाचन परिणामले स्पष्ट पारेको बतए ।
‘गाउँपालिका कमिटी ७५ तथा वडा कमिटी २९ सदस्यीय हुने विधानमा प्राबधान छ । जसकारण नेकपाका कैँयन इमान्दार कार्यकर्ता समेत उक्त संख्या थोरै भएका कारण कमिटीमा आवद्घ हुन सक्ने परिस्थति बनेन । छुटेका सदस्यलाई विभिन्न जनवर्गीय संगठनमा समेटिने छ,’ उनले भने ।
नेकपा गण्डकी सदस्य एवं प्रतिनिधिसभा सदस्य दुर्गाकुमारी विकले जनचाहना अनुसार पार्टी एकीकरण गरिएको स्पष्ट पार्दै पार्टीलाई जीवन्त राख्न अब जनवर्गीय संगठन विस्तार गर्नुपर्ने औँल्याइन् ।
नेकपा प्रदेश सदस्य प्रेम न्यौपानेले कम्युनिष्टको मुख्य हतियार संगठन भएको जनाउँदै संगठन विस्तारलाई तीव्र बनाउनुपर्ने तर्क गरे।
कार्यक्रममा नेकपा जिल्ला सदस्य दामोदर वैरागी, गाउँ कमिटी अध्यक्ष धर्मबहादुर गुरुङ, सचिव लक्ष्मीप्रसाद अधिकारी, जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारी, वडा ३ अध्यक्ष हरि शर्मा, राष्ट्रिय युवा संघ कास्की सहसंयोजक डिल्लीराम सुवेदी, वाम बुद्घिजिवीद्वय तुलसीप्रसाद अधिकारी र रामचन्द्र सुवेदी लगायतले पनि धारणा राखेका थिए।
वडा कमिटी अध्यक्ष सूर्यबहादुर परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँ कमिटी सदस्य विराज सुवेदीले स्वागत र वडा कमिटी सचिव केदारनाथ अधिकारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
hero news full width
मुख्य समाचार
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१