लेखनाथ, १७ असोज । लेखनाथ उद्योग वाणिज्य संघले आफ्ना व्यवसायी सदस्य श्यामु थापा भटराईको ड्राईभिङ ईन्सिचियुडमा सहयोग गरेको छ ।
गत साउन २४ गते राति थापाले सञ्चालन गर्दै आएको पोखरा–२६ कालिकाचोकमा रहेको जुपिटर ड्राईभिङ ईस्टिच्युडमा अज्ञात समुहले आगजानी गरि कार, मोटरसाईकल र स्कुटमा क्षति पु¥याएको थियो । संघले राहत स्वरुप ३० हजार आर्थिक सहयोग गरेको हो ।
संघको २४ औं बार्षिक साधारण सभाको पूर्व तयारी अन्तरगत शुक्रबार बसेको महिला उद्यमी परिचालन उप–समितिको बैठकमा थापालाई सहयोग स्वरुपको संघका अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष बाबुराम गिरी र लक्ष्मी प्रसाद त्रिपाठीले सामुहिक रुपमा चेक प्रदान गरेका हुन् ।
संघले आफ्ना व्यवसायी सदस्यहरुमा पर्ने आपत विपत तथा दैवी प्रकोपलाई ध्यानमा राखि राहत कोष मार्फत सहयोग गर्दै आएको हो ।
महिला उद्यमी परिचालन उप–समितिकी सदस्य समेत रहेकी थापाले घटना घटेको दुई महिना पुग्दा पनि दोषी पत्ता नलागेको बताईन् । दोषीको पत्ता लगाई अविलम्ब कारवाहीलाई अगाडी बढाउन संघ मार्फत सुरक्षा निकायलाई दवाव दिन आग्रह गरेकी थिईन् ।
Related News
सम्बन्धित समाचार
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
विकास खर्च तीन वर्षयताकै कम
पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत
कृषि विकास बैंकको वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७