सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७७
Sahakari Bank

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशतभन्दा कम भएको छ ।

बैंकले भदौ १० देखि लागू हुने गरी परिवर्तन गरेको कर्जाको ब्याजदर सिंगल डिजिटको बनाएको हो । न्यूनतम् साढे ६ प्रतिशतदेखि बढीमा साढे १० प्रतिशतसम्मको ब्याजदर कायम भएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकका अधिकांश कर्जाको ब्याज सिंगल डिजिडको बनाइएको अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

कृषि तथा कृषि परियोजना कर्जामा साढे ६ प्रतिशतदेखि ९ दशमलव २५ सम्म तथा परियोजना कर्जामा ६ दशमलव ७५ देखि ९ दशमलव ९९ सम्म कायम भएको बैंकले जनाएको छ ।

बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने कर्जामा सबैभन्दा बढी दीगो सहकारी कर्जा र चालु पुँजी कर्जामा साढे १० प्रतिशत कायम गरिएको छ ।

बैंकले आवधिक कर्जामा ८ देखि १० दशमलव २५, हायर पर्चेज कर्जामा ९ दशमलवव ९९ तथा लघु कर्जामा ९ देखि १० दशमलव २५ प्रतिशत ब्याज कायम गरेको छ ।

बैंकले सदस्यमार्फत लिने निक्षेपमा साढे २ प्रतिशतदेखि ७ प्रतिशतसम्म कामय गरिएको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले कोरोनाका कारण सरकारले जारी लकडाउनअन्तर्गत चैतदेखि जेठसम्म ब्याजमा १० प्रतिशत छुट दिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width