पोखरा । आफ्नो घर तथा साना कार्यालयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झटरहित र सुलभ वाइफाइ सेवा लिन सक्ने भएका छन् ।
एनसेल आजियाटा लि. ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ ।
अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड हो । वाइफाइ सेवाका लागि बन्डल डेटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउँछन् जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रुपमा पाइन्छ ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई संबोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।
योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखि डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन् ।
ग्राहकले सिमलाई फोरजी डिभाइसमा राखेपछि सबैभन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुनेछ ।
“सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवा सहित सुलभ र झन्झट रहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा खुुसी छौं,” एनसेल आजियाटाका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने । “घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरै भन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं ।”
यो सेवाको शुल्क वार्षिक शुल्क योजनाअन्तर्गत कर बाहेक मासिक ४ सय ३० रुपैयाँ रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाइ सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डेटा पाउँछन् । साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्यूजिक डिजिटल सेवाहरु पाइने २ वटा फोरजी सिम पाउँछन् ।
हप्ताको सातै दिन, चौबीसै घण्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको छ । यसअघि साउन २० मा एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकलाई ध्यानमा राखी ४० भन्दा बढी जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाइफाइ सेवा संचालनमा ल्याएको थियो । सो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाहरु सहितको बन्डल सेवा पाउँछन् ।
अल्ट्रा वाइफाइ सिम प्लस सेवाअन्तर्गत पाइने सेवा हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिने छैन ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस र सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहँुच सुनिश्चित गराउने उदेश्य लिएको जनाइएको छ ।
साथै इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर गई आवश्यक प्रक्रिया पु¥याई सजिलैसँग यो सिम लिन सक्छन् । सेवा लिन ९००८ वा ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१