तेक्वान्दोमा राजुलाई स्वर्ण

रासस
श्रावण २१, २०७७
sandipa amagain

काठमाडौं । नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ ।

ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण तथा समान १/१ रजत र काँस्य पदक जितेका हुन् । नेपालका लागि राजु नगरकोटीले स्वर्ण, सञ्जीव नेपालले रजत र सन्दीपा अमगाईंले काँस्य पदक दिलाएका थिए । राजुले ५० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जित्न सफल भए । उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गरे । राजुले कुल ५.७६७ अंक प्राप्त गर्दा पाब्लोले ५.४६७ अंक बटुलेका थिए । ४० वर्षमुनि उमेरसमूहको पुम्सेमा सञ्जीव भने रजत पदकमै खुम्चिए । उनी अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे । गिलबर्टले ६.६६० अंक र सञ्जीवले ५.८३३ अंक पाएका थिए ।

त्यसैगरी महिला ३० वर्षमुनि उमेरसमूहमा नेपालकै सन्दीपा अमगाईंले ५.९६७ अंक प्राप्त गर्दै काँस्य पदक जितिन् । सोही उमेर समूहमा बिट्रिज बेलिसेनले ७.१६७ अंक र फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अंक प्राप्त गर्दै क्रमशः शीर्ष २ मा रहे । च्याम्पियनसिपमा अष्ट्रेलिया, क्यानडा, अमेरिकी, फिलिपिन्स, मलेसिया, सिंगापुर, डेनमार्क र स्लोभानियालगायत राष्ट्रले प्रतिष्पर्धा गरेका थिए । उक्त च्याम्पियनसिपमा क्याडेट, जुनियर तथा सिनियरतर्फ प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा आयोजक अमेरिकी पहिलो, फिलिपिन्स र सिंगापुर तेस्रो भयो ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width