युरोपेली च्याम्पियन्स लिग सुरु हुँदै

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७
UEFA Champions League

पोखरा । कोरोना भाइरस महामारीका कारण करिब ५ महिना स्थगित युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः सुरु हुँदैछन् ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय २ प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्यौल थियो ।

अन्तमा युरोपेली फुटबल महासंघले जुक्ती निकाल्दै दुवै प्रतिस्पर्धालाई अब निर्धारित एक रंगशालामा सबै खेल खेलाउने जनाएको छ । यी खेलहरुमा दर्शक भने प्रवेश पाउने छैनन् ।

च्याम्पियन्स लिग आगामी अगस्ट १२ मा शुरू हुनेछ र अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइनेछ । फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ ।

यस्तै, युरोपा लिगका सबै खेल जर्मनीका विभिन्न रंगशालामा अगस्ट १० देखि खेलाइनेछ र फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width