ग्यालेक्सी र एनआईसीबीच छुट सम्झौता

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७
NIC-asia-&-Galaxy-hospital MOU photo

पोखरा । ग्यालेक्सी हस्पिटल प्रालि र एनआईसी एशिया बैंक लि. बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले हस्पिटलबाट फार्मेसी बाहेक सबै स्वास्थ्य सेवा लिँदा १२ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दीपेन थापाले बताए ।

छुटसम्बन्धी सम्झौतापत्रमा हस्पिटलतर्फबाट अध्यक्ष डा हेमन्त मानन्धर र बैंकतर्फबाट एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले हस्ताक्षर गरेका छन् । यो छुट सुविधा कार्ड होल्डर सहित एनआईसी एशिया बैंकका कर्मचारी र कर्मचारीका परिवारले समेत पाउनेछन् ।

चौबीसै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १०, उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सूपरिटेन्डेन्ट डा ऋषि ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width