पोखरा, २८ असार । जग्गाको कित्ताकाट खुल्ला नगर्दा जग्गा व्यवसायी मारमा परेको आइतवार पोखरामा आयोजित एक कार्यक्रममा गुनासो गरिएको छ ।
गण्डकी जग्गा तथा आवास विकास संघ कास्कीले जग्गाको कित्ताकाट खुल्ला गर्न सरकारसँग माग गर्दैै त्यस्तो गुनासो गरेको हो । कित्ताकाट रोकिंदा जग्गाको कारोबार र हाउजिङ व्यवसायमा संकुचन आएको संघले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अरुण स्तोम त्रिपाठीले बताए ।
कार्यक्रममा बोल्दै उनले रियल स्टेट, हाउजिङ र अपार्टमेन्टका लागि निश्चित् मापदण्ड कायम गरेर त्यसैका आधारमा कित्ताकाटको व्यवस्था हुनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । यसबाट रियल स्टेट व्यवसायको प्रबद्र्धन गर्दै व्यवस्थित शहर निर्माणमा टेवा पुग्ने संघको ठहर रहेको छ । जग्गाको कित्ताकाट रोकिंदा अपारदर्शी व्यवसाय मौलाएको दाबी गरिएको छ । विगत चार बर्षदेखि कित्ताकाट रोकिंदा व्यवसाय नै धरापमा परेको भन्दै संघले सरकार भूउपयोग नीति सहित प्रष्टसँग अगाडि आउनुपर्ने माग पनि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– हामी जथाभावी कित्ताकाटको पक्षमा छैनौं, खेतीयोग्य जमीनमा वस्ती बसाल्न हुँदैन भन्नेमा हामी स्पष्ट छौं । कित्ताकाट रोक्दैमा मानिसको व्यवस्थित र सुरक्षित शहरमा बस्ने चाहना रोक्न सकिंदैन । किन कि व्यक्तिले सम्पत्ती उपभोग गर्न पाउने अधिकारको प्रयोग गर्दै यस्ता जमीनमा वस्ती बसिरहेका छन् ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष अर्जुन पोखरेलले संघ अन्तर्गत जग्गा व्यवसायमा पाँच अर्व रुपैयाँ बराबरको लगानी रहेको र त्यो मध्ये तीन अर्व रुपैयाँ बैंकको कर्जा रहेको जानकारी दिए । यति ठूलो लगानी भएको व्यवसायले राजश्व, रोजगारी सिर्जना तथा अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो योगदान दिएको उनले सुनाए । तर कित्ता काट रोकिंदा व्यवसाय अहिले चौपट जस्तै भएको संघले जनाएको छ ।
संघका अनुसार बैंकबाट व्यवसायीले लिएको कर्जाको किस्ता र व्याजको ताकेताले समेत व्यवसायी हैरान भएका छन् । कोरोना महामारीका कारण हाउजिङ व्यवसायमा समेत ठूलो असर परेको भन्दै संघले संचालित योजनाहरु अहिले रोकिन पुगेको जनाएको छ । त्यसकारण व्यवसायीहरु बैंकको किस्ता र व्याज तिर्न असमर्थ भएको संघले उल्लेख गरेको छ ।
संघले भनेको छ– “हामी बैंक तथा वित्तीय संस्थाहरुलाई यो विषम परिस्थिति कर्जाको रिइन्सटलमेन्ट गर्न र व्याजमा छुटको लागि हार्दिक अनुरोध गर्दछौं । कित्ताकाट नखोले विषमताले उत्पन्न गराउने प्रतिकूलताको जिम्मेवार स्वयं सरकार हुनुपर्ने जानकारी पनि गराउँछौं ।” कार्यक्रममा संघका सल्लाहकार एवं गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाको पनि उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१