मृगौला पीडित गुरुङलाई याङ्जाकोट परिवारकाे सहयोग

आदर्श समाज सम्वाददाता
असार २५, २०७७
IMG_1315

पोखरा २५ असार । याङजाकोट परिवार युके तथा विभिन्न व्यक्ति एवम् संस्थाले मृगौला पीडित रुपा गुरुङलाई ५ लाख ७६ हजार ७ सय ७० रुपैंया आर्थिक सहयोग गरेको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोट गैरीगाउँ निवासी रुपा गुरुङ विगत ४ वर्षदेखि मृगौला रोगबाट पीडित छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि रुपालाई यसअघि पनि विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त भएको सहयोगबाट नियमित रुपमा मृगौलाको डायलोसिस गर्दै आएका छन् ।

याङ्जाकोट जन्मघर भई हाल बेलायतको विभिन्न स्थानमा बसोबास गर्दै आएका याङजाकोटबासीले रुपाको उपचारमा सहयोग पर्याउने उद्देश्यले संकलन गरिएको सहयोग विहीबार याङ्जाकोट तमू समाज पोखरामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

युके परिवारले आफ्ना ५६ जना सदस्यबाट संकलन गरेको ४ लाख ७० हजार रुपैंया याङ्जाकोट परिवार युकेका सल्लाहार क्या.मनबहादुर गुरुङ र तेजबहादुर गुरुङ तथा इमानसिंह गुरुङले संयुक्त रुपमा पीडित रुपा गुरुङलाई प्रदान गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width