भुम्दीकोट समाजद्वारा १४० परिवारलाई राहत प्रदान

Avatar आदर्श समाज सम्वाददाता
असार २३, २०७७
97

पोखरा, २३ असार । पोखरा-२२ भुम्दी क्षेत्रका १४० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। भुम्दीकोट समाज हङकङद्वारा संकलित ३ लाख ३७ हजार २ सय रुपैयाँको राहत भुम्दीकोट समाज पोखराले एक कार्यक्रम आयोजना गरी राहत वितरण गरेको हो ।

कोभिड १९ कोरोना भाइरसका कारण लामो लकडाउनले प्रभावित पोखरा–२२ का उल्लेरी, ढावा, भुम्दी तारेभीर, पलाइचे, देउरालीस्वाँरा, काब्रे, चिसापानी, देरस्वाँरा गाउँबाट पोखरा आएर बसोवास गरेका व्यक्तिलाई खाद्यान्न वितरण गरिएको हो।

भुम्दीकोटसमाज हङकङका अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहकार क्या.चेतबहादुर गुरुङको विशेष पहलमा संकलित राहत रकमबाट प्रत्येक परिवारलाई २५ किलो चामल, नुन, तेल, दाल, चिनी, चियापत्ति कार्यक्रमका प्रमुख अतिथि क्या.टेकबहादुर गुरुङले वितरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads