पहिरो पीडितलाई खाद्यान्न

आदर्श समाज सम्वाददाता
असार २१, २०७७
adar

बागलुङ, २१ असार । ९८ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी विमला पुनको परिवारलाई संस्थाले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेका हो ।

अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत पहिरो पीडित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले जानकारी दिइन् । पहिरो पीडित परिवारलाई तीन बोरा चामल, एक कार्टुन तेल, दश केजी नून वितरण गरिएको बताइन्छ । संस्थाका शेयर सदस्य राजु गौतमले पीडित परिवारलाई खाद्य सामग्री हस्तान्तरण गरेका थिए । गत असार ६ गते बर्षासँगै घर माथिबाट पहिरो खस्दा विमला पुनको ज्यान गएको थियो । उनका श्रीमान टोपबहादुर पुन सहित अन्य सदस्यले भने भागेर ज्यान बचाए थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width