पोखरा, १९ असार । गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राखेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।
यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड दिँदै उपलब्ध प्राकृतिक साधनस्रोतलाई राजस्वको दायरामा ल्याउनुपर्ने बताए । अघिल्लो वर्षभन्दा करको दायरा फराकिलो बनाउने किसिमबाट विधेयक आएकामा उनले सराहना गरे ।
अर्का सदस्य मणिभद्र कँडेलले कर परिचालन गर्दा जनताको सरकारको अनुभूति गराउन सक्यौँ या सकेनौँ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै वनबाट कर लिनका लागि कानून बनाउन नसकिएको गुनासो गरे । बजेटको कार्यान्वयनका लागि बनाइने कार्यविधि लक्षित व्यक्तिलाई लाभ पुग्ने गरी बन्ने गरेको बताउँदै उनले त्यसले जनतालाई नसमेट्ने भएका कारण जनता कर तिर्न इच्छुक नहुने गरेको विचार राखे ।
सदस्य पियारी थापाले बन्दाबन्दीका कारण समस्यामा परेका सवारी साधनधनीका लागि समय बढाउने मात्र नभई निश्चित कर छुट दिनुपर्ने बताए । प्राकृतिक स्रोतसाधन दोहन गर्ने क्रसरजन्य उद्योगको नियमन हुनुपर्ने उनले बताए । पर्यटन व्यवसायमा ठूलो अवसर परेको अवस्थामा उनीहरूलाई बचाउनका लागि लगानी तथा छुट दिने कुरामा ध्यान दिन उनले आग्रह गरे ।
छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले कर उठाएका आधारमा विकास निर्माणका कामलाई अघि बढाउन सकिने बताए । सङ्घीयता भनेको अधिकारको बाँडफाँट भएको बताउँदै उनले सङ्कलित राजस्वको ठूलो हिस्सा सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा दिनुपर्नेमा जोड दिए । व्यक्तिमा आफूले राज्यलाई कर तिर्नुपर्छ भन्ने भावना विकास हुनुपर्ने उनले बताए । आधुनिक समाज निर्माण गर्न करमा नै भर पर्नुपर्ने बताउँदै उनले यसको दायरा बढाउनुपर्ने औँल्याए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१