पोखरा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० को जित निकाल्दै एट्लेटिको ला लिगाको तेस्रो स्थानमा उक्लिएको हो । जित हात पारेको छ । भालाडोलिडमाथिको जितसँगै एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अंक बटुलेको छ ।
उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भालाडोलिड ३३ अंक सहित तालिकाको १५ औं स्थानमा छ । जितसँगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण ३ अंक दिलाए । भिटोलोले डिएगो कोस्टाको पासमा गोल गरेका थिए । एट्लेटिकोले दर्शकबिहीन घरेलु मैदानमा पहिलो पटक खेलेको हो ।
शनिबार राति नै भएको अन्य खेलमा लेभान्टेले स्पानियोललाई ३–१ ले हराउँदा एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले पाखा लगायो । अर्को खेलमा गेटाफे र एइबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
Related News
सम्बन्धित समाचार
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
टाइगर कपको अन्तिम तयारी
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१