राहत सामाग्री प्रदान

आदर्श समाज सम्वाददाता
असार ३, २०७७
20200617_132529

पोखरा, ३ असार । गण्डकी बोडिङ स्कूल पूर्व विद्यार्थी एशोसियसनद्धारा पोखरा–११ का अति विपन्न २५ परिवारका लागि राहत सहयोग प्रदान गरेको छ ।

उक्त राहत सामाग्री एशोसियसनका अध्यक्ष गणेशबहादुर श्रेष्ठले वडा नं ११का वडाध्यक्ष मोहन प्रसाद बास्तोलालाई हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघकी उपाध्यक्ष (उद्योग) विन्दु सुवेदी कोईराला, वडा सचिव सूर्य मोहन पौडेल लगायतले वोलेका थिए । एशोसियसनले नेपाल अधिराज्यभरी करिब तीन सय स्थानमा राहत वितरणको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width