काठमाडौँ, २९ जेठ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले कोरोना भाइरसको जोखिमका समयमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट अवकाश दिन थालेकामा चिन्ता व्यक्त गरेका छन् ।
उनले भने “विपद्का अवस्थामा सञ्चारकर्मीको थप सामाजिक सुरक्षा र कोरोना सङ्क्रमणबाट आइसोलेशनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन म सरकासँग आग्रह गर्दछु । ”आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सरकारले स-साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई सहुलियत कर्जा उपलब्ध गराउन माग समेत गरे ।
सो अवसरमा उनलाई हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घका अध्यक्ष ताराबहादुर कुँवरले २५ बोरा चामल हस्तान्तरण गरेका थिए । शाखाले करिब क्रियाशील २५० सञ्चारकर्मीको कोरोनासम्बन्धी स्वास्थ्य बीमा, चामल, दाललगायत खाद्य सामग्री सहयोग गरेको छ । त्यस्तै सुरक्षात्मक सामग्रीहरु मास्क, पञ्जा, ह्याण्ड स्यानिटाइजर, पिपिइ तथा प्रेस ज्याकेट तथा सदस्यहरुको शरीरको तापक्रम नापिरहने प्रबन्ध गरेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
प्रतिबन्ध कार्यान्वयनमा सघाउन आग्रह गर्दै टिकटकलाई प्राधिकरणको जवाफी पत्र
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१