पोखरा, २० जेठ । गण्डकी प्रदेशसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका सदस्यले सरकारले ल्याएको नीति तथा कार्यक्रम समयसापेक्ष र उपयुक्त भएको भन्दै समर्थन गरेका छन् । प्रतिपक्षी दलका सदस्यले नागरिकको भावनालाई समेट्न नसक्ने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै आलोचना गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा सदस्य दीपक कोइरालाले कोरोनालाई परास्त गर्न सीमित स्रोत साधनका बाबजुद पनि प्रदेश सरकार क्रियाशील रहेको बताउँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशलाई समाजवादोन्मुख बनाउनेतर्फ लक्षित रहेको छ भने । “सरकारको नीति तथा कार्यक्रमले जनस्वास्थ्य, कृषि, रोजगारी, महिला, दलितलगायत हरेक क्षेत्र र वर्गलाई समेट्न खोजेको छ”, उनले भने “परिवर्तित व्यवस्था अनुरुप कार्यशैलीमा पनि परिवर्तन गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ ।”
अर्का सदस्य ओमकला गौतमले कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न परिस्थिति, जनताको दुःख र सम्वेदना सरकारले बुझ्न नसकेको बताउ । “नीति तथा कार्यक्रम हेर्दा सरकारसँग यो अप्ठ्यारो वेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन”, उनले भने, “कोरोना महामारीको विद्यमान अवस्थामा जनताको प्रभावकारी स्वास्थ्योपचारतर्फ सरकार केन्द्रित हुनुपर्छ ।” विदेशिएका युवाको रेमिट्यान्सले मुलुक चलेको अवस्थामा रोजगारी गुमेर फर्कन लागेका व्यक्तिका लागि सरकारले ठोस नीति दिन नसकेको बताउँदै उनले किसानलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरे ।
सदस्य मनबहादुर गुरुङले प्रदेशवासीको जीवनरक्षा र शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार लक्षित भएको बताए । ‘समृद्ध प्रदेश र सुखी नागरिक’ नाराका साथ स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्नेतर्फ नीति तथा कार्यक्रम लक्षित रहेको उनले बताए । सदस्य खिमविक्रम शाहीले सरकारको नीति तथा कार्यक्रम पढ्दा र सुन्दा राम्रा भए पनि यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण भएको उल्लेख गर्दै व्यवस्था परिवर्तन भएर मात्र नभई आनीबानी र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
ढोरपाटन क्षेत्र नीति तथा कार्यक्रममा छुटेको बताउँदै उनले त्यहाँको पर्यटकीय विकासका लागि सबै क्षेत्रबाट आउने र जाने गरी नयाँ ट्र्याक विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
सदस्य धनञ्जय दवाडीले कोरोनाको उपचार र रोकथामका लागि सरकारले जनउत्तरदायी रूपमा शुरुदेखि नै प्रयास थालेको उल्लेख गर्दै नीति तथा कार्यक्रमले कोरोना प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको बताए । खानेपानी, ऊर्जा, यातायात हरेक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम आएको बताउँदै उहाँले नीतिमा केन्द्रित रहेर प्रदेश अघि बढ्न खोजेको धारणा राखे ।
सदस्य प्रभा कोइरालाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रदेशको समृद्धिका लागि सरकार लागिपरेको उल्लेख गर्दै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गदै धरासायी भएको व्यवसायलाई फर्काउनेतर्फ सरकार केन्द्रित भएको बताए । उनले बहुक्षेत्रीय पोषण सुधार, आवश्यकतानुसार अस्पताल स्थापना, ज्येष्ठ नागरिक उपचार, डायलायसिस सेवा प्रभावकारी बनाउनेजस्ता कार्यक्रमले सरकार जनताको स्वास्थ्यप्रति उत्तरदायी बनेको पाइएको बताए । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१