इलेक्ट्रिकल व्यवसायीको कोरोना बिमा

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७७
Eletrical News Photo

पोखरा । पोखरा इलेक्ट्रिकल व्यवसायी एशोसिएसन, कास्कीले आफ्नो सदस्यहरुको कोरोना बीमा गरेको छ ।

पोखरा आसपासमा रहेर विद्युतीय व्यवसाय गर्ने सदस्यको विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीबाट हुने आर्थिक जोखिमबाट सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले १ लाख बराबरको कोरोना बीमा गरिएको एशोसिएसन अध्यक्ष राजु भण्डारीले बताए ।

सदस्यबीच एकता, समृद्धि र विकासका लागि नै संस्था गठन भएको हुँदा सदस्यको हित र अनुकूल कार्य संस्थाले गर्दै आएको बताउँदै अध्यक्ष भण्डारीले संस्थाले बन्दाबन्दीको अवस्थामा पनि सदस्यहरुलाई प्रत्यक्ष लाभदायक तालिम तथा छलफल सञ्चालन भइरहने उल्लेख गरे ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लि.पोखरा शाखाका प्रबन्धक राजेश केसीले अध्यक्ष भण्डारीलाई एशोसिएसनका १ सय ३३ सदस्यको बीमा सम्झौता हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width