Worldlink ads

मुनाल सहकारीका सबै कर्मचारीको कोरोना बीमा

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७७
munal sahakari Staff corona insurance photo

पोखरा, १५ जेठ । मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । नेपालमा कोरोना जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै यस्तो बीमा गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) बाट हुनसक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै प्रति कर्मचारी रु.१ लाख वरावरको कोरोना बीमा गरिएको मुनाल सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।

मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाबीच भएको कोराना बीमा सम्झौता अनुसार सहकारीमा कार्यरत कुनैपनि कर्मचारीहरुको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेष्ट पोजेटिभ देखिएमा बीमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने र यो बीमाको अवधि एक वर्षको हुने सहकारीका प्रवन्धक अम्बर थापाले बताए ।

Related News

सम्बन्धित समाचार

    • बुद्ध विशालबजारको नेतृत्वमा पुनः खत्री

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा पुनः केशवबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । हनिबार भएको १२ औं…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads