उत्तरी गोरखामा खाद्यन्न वितरण

Avatar आदर्श समाज सम्वाददाता
जेठ ४, २०७७

गोरखा,४ जेठ । फ्रेन्ड्स अफ सिङ्ला नेपाल स्टिफटुङ स्वीसको सहयोगमा उत्तरी गोरखाको खोलाबेंसी र हुल्चुकमा खाद्यन्न वितरण गरिएको छ । उक्त संस्थाले धार्चे गाउँपालिकाको हुल्चुकबाट २४६ , खोला र खोलाबेंसीबाट २३६ घर परिवारका लागि ३० किलोग्राम चामल, एक लिटर तेल, नुन, सावुन प्रदान गरेको थियो ।

खाद्यन्न सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष सोम गुरुङले दुःखमा परेका समुदायका लागि सहयोग गरेको बताए । उत्तरी गोरखा घर भई विभिन्न मुलुकमा बसोबास गर्दै आइरहेका व्यक्ति तथा संस्थाहरुले काठमाण्डौ, गोरखा लगायतका स्थानमा बसोबास गर्ने त्यस क्षेत्रका नागरिकहरुलाई सहयोग गर्दै आइरहेका छन् । यस अघि उक्त संस्थाले सिङ्ला लगायतका क्षेत्रमा वन संरक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ ग्याँस सिलिण्डर, चुल्हो समेत समुदायलाई प्रदान गरेको थियो ।

हाम्रो सुझाव