‘बसाइँ’ मा विस्थापन पीडा

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
basain

पोखरा । कोरोना कारण लकडाउन मारमा परेका मजदुरको पीडामा आधारित लघु चलचित्र ‘बसाइँ’ सार्वजनिक भएको छ । यसअघिको लघु चलचित्र ‘राहत’ को सिक्वेलको रुपमा निर्मित सो फिल्म युट्यवमार्फत सार्वजनिक गरिएको हो ।

नेत्र इन्टरटेनमेन्ट व्यानरमा निर्मित फिल्म नेत्र इन्टरटेनमेन्टनामक युट्युब च्यानलमा हेर्न सकिन्छ । फिल्म नेत्र गुरुङले निर्देशन गरेका हुन् ।
जसमा विभु भुसाल, रेम रसाइली, अनिशा श्रेष्ठ, गीता पराजुली, अस्मिता पराजुली, विजयराज अधिकारी, मिलन अधिकारी लगायतले जीवन्त अभिनय गरेका छन् । बसाइँको कथा भरत छन्त्यालले लेखेका हुन् । उनी सहनिर्देशक हुन् ।

चलचित्रलाई प्रकाश गुरुङ ‘काश’ ले छायांकन गरेका हुन् । फिल्मको सम्पादक पनि स्वयम नेत्र नै हुन् ।

यसअघि सार्वजनिक ‘राहत’ छोटो भएको गुनासो दर्शकबाट आएपछि बसाइँ निर्माण गर्ने हौसला मिलेको फिल्मका सम्पादकसमेत रहेका निर्देशक नेत्र गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width