पोखरा, २५ वैशाख । पोखरा फुस्रे खोलामा निर्माणाधीन पुलको काम लकडाउनमा पनि जारी छ । लकडाउनले सबै निर्माण कार्य ठप्प भइरहँदा पोखराको फुस्रे खोलामा निर्माणाधीन पुलको काम भने निर्बाध रुपमा निर्माण भइरहेको हो । पुलको विहीबार ढलान गरिएको छ । पुलमा ढलान भएसँगै पुल निर्माणको काम करीब ७५ प्रतिशत सम्पन्न भएको पुल निर्माण कम्पनी गीता–सिम्रन जेभीले जनाएको छ ।
सम्झौता भए अनुरुप आगामी असार मसान्त भित्रै पुल निर्माण सम्पन्न हुने श्री गीता–सिम्रन जेभीका प्रोपाइटर बलबहादुर रानाले बताए ।लकडाउनको आधारभूत नियमहरु पालना गरेर पुल निर्माणको काम भइरहेको उनले जानकारी दिए ।२०७४ साल फागुन ७ गते शिलान्यास गरिएको सो पुल आगामी असार मशान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारको एकल लगानी २ करोड ९८ लाखमा निर्माण गरिन लागेको सो पुलको लम्बाई ३५ मिटर छ भने ८.४ मिटरको चौंडाई हुनेछ । जसमा दुबैतर्फ १.२ मिटरको फुटट्रयाक निर्माण हुने पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेशका ई.सुमन गिरीले जानकारी दिए । उनले पुल निर्माणको काम सन्तोषजनक रुपमा भइरहेको बताए । गण्डकी प्रदेशको पहिलो शिलान्यास गरिएको यो पुल निर्माण सम्पन्न गर्नेपनि पहिलो हुने उनले बताए ।
यसैबीच, पुल निर्माणको विहीबार अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लकडाउन भन्दै अहिलेसम्म बसेपनि अब निर्माणको काम तीव्र रुपमा अघि बढ्ने बताए । गण्डकी प्रदेशका सांसद राजीव पहारीले काम शुरु भइसकेको योजनाको काम रोकिए बर्खामा बगाउने भएकाले लकडाउनमा पनि कामलाई तीव्रता दिइएको बताए ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८