पोखरा, २४ बैशाख । पोखरेली गोर्खाज एंव गल्फरद्धारा १४६ जना विपन्न, असहाय, अपांग तथा मजदुरहरुलाई मंगलवार राहत वितरण गरेको छ ।
कोरोना भाइरसको महामारीले मुलुक लकडाउनको अवस्थामा गोर्खाज र गल्फरहरुकोतर्फबाट पोखरा ९ न्यूरोडस्थित गोर्खा एण्ड बराह ज्वेलरी तथा रेडियो गोर्खाली, पोखरा १० बुद्धचोकस्थित गोर्खाज बचत तथा ऋण सहकारी र पोखरा १४ मझेरीपाटनस्थित हिमालय गल्फ कोर्षमा राहत वितरण गरिएको हो ।
पोखरा गोर्खा कम्युनिटीका सदस्यहरु, द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि, गोर्खाली रेडियो १०६ मेगाहर्ज, गोर्खा एण्ड बराह ज्वेलेरी, ४÷१ गोर्खा राइफल, ब्रिगेड गल्फ सोसाइटी, बराह ज्वेलरी धरान, बराह ज्वेलरी काठमाडौं, बराह ज्वेलरी चितवन, नेपाल गल्फ संघ तथा कास्की गल्फ संघबाट संकलित राहत रकम मध्ये विपन्न तथा असहायलाई न्युरोडमा ६० परिवार, बुद्धचोकमा ५० परिवार र मझेरी पाटनमा ३६ परिवारलाई चामल, दाल, तेल, नुन लगायतको राहत प्याकेज वितरण गरिएको गोर्खा कोभिड १९ राहत कोष संयोजक तथा गोर्खा कम्युनिटी पोखराका प्रमुख सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नाईकर्मी उद्योग वाणिज्य संघमा आउन आग्रह
पृथ्वी सहकारीको आठौं वार्षिकोत्सव
पोखरासँग ठूला सहर जोड्दै बुद्ध एअर
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
वैशाख ७, २०७८पत्रकार महासंघ कास्कीको पदस्थापन
वैशाख ७, २०७८‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८