कोरोना नियन्त्रण कोषमा सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
gfan

पोखरा, २३ बैशाख । गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले मंगलवार गुरुङ चलचित्रको रजत जयन्ती मनाएको छ ।२०५२ सालको बैशाख २३ गते पहिलो गुरुङ चलचित्र “पाते”को शुभमुहुर्तको दिनलाई रजत जयन्ती र उक्त वर्ष नै “न्हयाम्सो न्होरी” र “स्वदेशको माटो विदेशको पीडा” निर्माण भएको २५ औं वर्षको अवसरमा गण्डकी प्रदेश सरकारलाई ५० हजार रुपैयाँ सहयोग गर्दै जिफानले रजत जयन्ती मनाएको हो।

कोभिड १९ कोरोना भाइरसले विश्व नै लकडाउन भइरहेको विषम परिस्थितिमा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा जिफानले प्रदेश सरकारलाई संकटको अवस्थामा सहयोग गरेर सिर्जनात्मक ढंगले रजत जयन्ती मनाएको हो।जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार माओत्से गुरुङ, महासचिव मनोज गुरुङ, प्राविधिक प्रमुख प्रेम गुरुङ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोषका लागि ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले मुलुकलाई समस्या परेको बेला संघ संस्थाको साथले जस्कोसुकै चुनौति पनि सामना गर्ने आँट मिलेको भन्दै जिफानलाई धन्यवाद र रजत जयन्तीको शुभकामना समेत व्यक्त गरे । उनले आगामी दिनमा प्रदेश सरकार सबै संघ संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए । जिफानका अध्यक्ष भोजबहादुर गुरुङले कोरोनाको कहरको बेला रजत जयन्ती मनाउन सक्ने अवस्था नरहेको र कोरोना नियन्त्रणका लागि जिफानको पनि दायित्व भएकाले विभिन्न सल्लाह सुझाव र जिफानको निर्णयानुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश सरकारलाई थोरै भने पनि सहयोग गरेकोे बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width