राहत कोषमा ३२ लाख जम्मा

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
waling1

वालिङ, १९ वैशाख । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा शुक्रबार साँझसम्म ३२ लाख ६४ हजार २ सय ७२ संकलन भएको छ ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. ३२ लाख ६४ हजार २ सय ७२ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा गल्याङ ८ करादी निवासी ईन्द्रकुमारी गाहाबाट ५१ हजार, खहरे एवादी टोल विकास संस्था वालिङ १ बाट १० हजार ५ सय ५५, अर्मादी बंगुरपालन सहकारी संस्था वालिङ १ बाट ५ हजार गरी बिहीबारमात्रै ६६ हजार ५ सय ५५ संकलन भएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाको राहत कोषमा हालसम्म नगद २५ लाख, ७६ हजार २ सय ७२ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३२ लाख ६४ हजार २ सय ७२ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width