वैशाख, १९ पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आफ्नो समिति अन्तरगत पर्ने चार मन्त्रालयका सचिवलाई बोलाएर लकडाउने पारेको असर र वर्तमान अवस्थामा मन्त्रालयका कामको वारेमा जानकारी लिएको छ ।
समिति अन्तरगत आर्थिक मामिला तथा योजना मन्त्रालय ,भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा बातावरण मन्त्रालय र भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवहरुसँग जानकारी लिएको हो । समितिका सभापति दीपक कोइरालाले बजेट मुख्य रुपमा कार्यान्वयन हुने अबस्थामा कोरोनाको कारण लकडाउन गर्न परेकोले मन्त्रालयगत रुपमा कस्तो असर परेको र के गर्न सकिन्छ भनेर आफ्नो समितिले सचिवहरुलाई छलफलको लागि बोलाएको बताए ।
मन्त्रालयले गर्न सक्ने काम पनि नगरेर लकडाउनको बहाना बनाउन नहुने बताउदै गर्न सकिने कामलाई निरन्तता दिन सचिवहरुलाई निर्देशन दिए । प्रि बजेटबारे छलफल गर्नुपर्ने बेलापनि भएकोले आगामी बजेट स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर ल्याउनपनि समितिले सुझाव दिएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रामेश्वर दंगालले रिजल्ट आउने गरी काम गर्नुपर्ने बताए । अहिले संघीय सरकारबाट आएको बजेट कार्यन्वयन गर्न फोकस गर्नुपर्ने र प्रदेशको अतिआवश्यक योजनाको कामलाई भने निरन्तरता दिइने बताए । भैतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वर मरहट्टाले फागुन मसान्तसम्म आफ्नो मन्त्रालयले चालू र पुंजीगत गरी ३४ प्रतिशत खर्च भएको बताए । आफ्नो मन्त्राललय अन्तरगत रहेको कुल १७ अरब ९६ करोड बजेट बैशाख २५ पछि लकडाउन नखुले ५० प्रतिशत भन्दा बढी खर्च हुन नसक्ने जनाए । गण्डकी प्रदेश भित्र काम गरिरहेका ४५ हजार मजदुरमा अहिले १० हजार मात्रै रहेको र बाँकी सवै घर फर्केकोले लकडाउन खुलेपनि मजदुरको अभाव देखिने उनले बताए ।
उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयका सचिव दीपक कुमार खरालले फागुन मसान्तसम्म आफ्नो मन्त्रालयको ३३ प्रतिशत रकम खर्च भएको जानकारी दिएका थिए । सचिव खरालले अतिआबश्यक योजना बाहेक अन्य योजना रोक्का भएकोले बजेट कार्यान्वयन ६० देखि ७० प्रतिशत मात्रै हुने देखिएको बताए । लकडाउनको कारण बनक्षेत्रबाट हुने राज्श्व संकलनमा अहिले सम्म ४ करोड नोक्सान भएको र पर्यटन क्षेत्रमा ८.५ अरब नोक्सान भएको उनको भनाई थियो । भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत प्रसाद ढकालले आफ्नो मन्त्रालयले फागन मसान्त सम्म २८ प्रतिशत रकम खर्च गरेको जानकारी दिए ।सचिव ढकालले लकडाउनको कारण कृषि तर्फ गण्डकी प्रदेशमा ६ अरब ४४ करोडको क्षेति भएको अनुमान गरे । मन्त्रालयका सचिवहरुले सांसदहरुले उठाएको जिज्ञासा र प्रश्नहरुको जवाफ दिएका थिए ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७