महामारीमा कमाउने अमेरिकी व्यापारी

एजेन्सी
वैशाख १७, २०७७
1529828338bezos

काठमाण्डौ, १७ वैशाख । कोरोना महामारीबाट विश्वकै अर्थतन्त्र चौपट बनेको छ तर अमेरिकाकै धनीहरूले महामारीको छोटो अवधिमा सुपर नाफा कमाएका छन्।

महामारीको समयमा धेरै चल्ने व्यापार तथा उत्पादन भएका त्यस्ता अर्बपतिहरूले यस्तो आम्दानी गरेका हुन्। उनीहरले यो ३ महिनाको अवधिमा जति कमाए यति नै अविधमा यसअघि कहिल्यै कमाएका थिएनन् । इन्सिच्युट फर पोलिसी स्टडीको अध्ययन अनुसार अमेजनका संस्थापक तथा संसारकै धनी जेफ बेजोसले यो अवधिमा सबैभन्दा धेरै कमाएका छन्। उनले १ जनवरी २०२० देखि अप्रिल १५ सम्म २५ अर्ब डलर कमाएको उक्त अध्ययनले देखाएको छ।

त्यस्तै टेस्लाका सिइओ एलन मस्कले पनि ५ अर्ब डलरभन्दा बढी आम्दानी गरेका छन्। मेडिकल इक्वुपमेन्ट बनाउने उनले पछिल्लो समय ८ अर्ब बढी आम्दानी गरे पनि सुरूको महिना गुमाएको ३ अर्ब पूर्ति गर्दा ५ अर्ब कमाइ गरेको उक्त अध्ययनले देखाएको छ।

त्यस्तै म्याकेन्जी बेजोसले पनि साढे ३ अर्ब कमाएकी छन। जुमका संस्थापक तथा सिइओ एरिक युआनले २ अर्ब ५९ करोड, माइक्रोसफ्ट टिम तथा स्काइपका सिइओ स्टेभ बाल्मरले २ अर्ब २० करोड, सिलिकन भ्याली रियल स्टेट मोगुलका सिइओ जोन अल्बर्टले २ अर्ब डलर कमाएका छन्।

जनवरी १ देखि अप्रिल १० सम्म ३४ जना अर्बपतिहरूले १० करोड बढीले सम्पत्ति बढाएका छन्। त्यसमा ८ जनाले अर्ब बढी कमाएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width