पोखरा, १६ वैशाख । कास्की क्षेत्र नं १ (१)का प्रदेश सांसद दीपक कोइरालाले अनुगमनलाई निरन्तरता दिएका छन् । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति समेत रहेका कोइरालाले मंगलबार आफ्नै निर्वाचन क्षेत्र बेगनास ताल बाँधमा भइरहेको कामको अनुगमन गरेका हुन् । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने देशकै महत्वपुर्ण ताल मध्यको वेगनास ताल पनि रहेकोले बाँध निर्माणले तालको शुन्दरतामा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाइरस)को कारण निर्माण सामाग्री र मजदुर ल्याउन समस्या भए आफुले सहयोग गर्ने निर्माण कम्पनीलाई बिश्वास दिलाए । अब विकासको काम गर्दैजानुपर्ने भएकोले बेरोजगार भएका मजदुरहरुलाई कामगर्ने वातावरण बनाउने तर्फ सवैलाग्नु पर्नेमा जोड दिए । सुरक्षा विधि अपनाएर श्रमिकहरुलाई काममा लगाउन निर्माण कम्पनीलाई आग्रह गरे । सांसद कोइरालासंगै अनुगमनमा पुगेका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले बाँध निर्माण २ करोडको लागतमा हुनलागेको बताए । कैलाश पर्वत निर्माण सेवाले ठेक्का पाएको बाँध निर्माणको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने लक्षरहेको उनको भनाई छ । लकडाउनको कारण केहीदिन काममा बाधा भएपनि त्यसक्षेत्रका सांसद कोइराला सहित सवैको सहयोगले निर्माण सुचारु भएको उनको भनाइृ थियो ।
बाँध निर्माणको लागि लकडाउन अगाडि खनेर राखेको बाँधकोजग बर्खा लाग्दा समेत निर्माण हुन नसकेर झन खतरा उत्पन हुनेहोकी भन्ने चिन्ता भएकोमा चारदिनदेखि काम सुचारु भएकोले अब भने जोखिम नहुने इन्जिनियर आचार्यले जनाए । उक्त योजनाका इन्जििनियर मोहनराज आचार्यले २०४५ सालमा निर्माण भएको वेगानास ड्याम अहिले मर्मत तथा निर्माण भएपछि पाइपिङ हुने समस्या नआउने बताए । बाँध पुरानो हुदै गएपछि विस्तारै तालको पानी बाँधबाट छिरेर बाहिर आउने (पाइपिङहुने ) आचार्यको भनाई थियो । अहिले भएको पुर्ननिर्माणले ड्यामको आयु बढाउनुको साथै क्षयलाई रोक्न मद्यत पुग्ने बताइएकोृ छ । सांसद कोइरालले बेगनास ड्यामलाई पर्यटकीय आर्कषणको क्षेत्र बनाइने पनि बताए ।
Related News
सम्बन्धित समाचार
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
hero news full width
मुख्य समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८