पाल्पा १०, बैशाख । कोरोनाको त्रासका बीचमा पनि उच्च सतर्कता अपनाई पाल्पामा वित्तीय संस्थाले सेवा दिएका छन् । ‘लकडाउन शुरु भएदेखि नै बिहान ११ देखि १ बजेसम्म नेपाल बंैकिङ सेवा दिएको थियो ।’ नेपाल बैंक पाल्पा शाखा प्रमुख सुरज घिमिरेले बताए ।
यहाँका धेरैजसो बैंकले आ–आफ्नो बैंकको केन्द्रीय कार्यालयको निर्देशन अनुरुप सेवा सुचारु गरेको घिमिरेले बताए । नेपाल बैंक पाल्पा शाखाले ९ गते पछाडी १५ गतेसम्मका लागि बिहान ११ बजेदेखि १ बजेसम्म सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सुरक्षा अपनाइ सेवा दिएको घिमिरेले जानकारी दिए । ‘बन्दाबन्दीले कर्जा र किस्ता उठाउन गाह्रो भइरहेको छ । अन्य सेवा भने उच्च सर्तकर्ता अपनाइ सञ्चालनमा ल्याएका छौं ।’ घिमिरेले बताए ।
नेपाल राष्ट्र बैंकले एकमहिना अगाडि नै सूचना जारी गरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई हुनसक्ने संक्रमण तथा संस्थाको विजनेश कम्युनिटीलाई मध्यनजर गर्दै यथासम्भव न्यूनतम कर्मचारीबाट सेवा सुचारु गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा बैंकिङ सेवा प्रवाहका क्रममा संक्रमणलाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अनिवार्य रूपमा अवलम्बन गर्ने, सेवाग्राहीहरूको भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रवाह गर्ने र विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न भनिएको छ ।
पाल्पाको तानसेनमा रहेका बैंकहरूले काउण्टर खुल्ला गरी सेवा सुचारु गरेको जनाएका छन् । ‘रेगुलेर काउन्टर खोलिएको छैन । अत्यावश्यक सेवा पर्नेलाई सम्पर्कका आधारमा बैंकिङ सेवा सुचारु दिएको छ ।’ एनआइसी एसिया बैंकका पाल्पा प्रमुख हरिकृष्ण शर्माले जानकारी दिए । उनले बैंकले सेवा सञ्चालनका बेला सेवा सञ्चालनमा सामाजिक दूरी कायम गरी सेवा दिएको र एटिएम सेवा चौविसै घण्टा खुल्ला गरिएको जनाए ।
उनका अनुसार पाल्पामा सवैजसो बैंकले एटिएम सेवा खुला गरी सेवा दिइरहेका छन् । यसैबीच कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासलाई समर्थन गर्दै नेपाल बैंकले १ करोड सहयोग गर्ने निर्णय गरेको छ । नेपाल बैंक पाल्पा शाखा प्रमुख सुरज घिमिरेका अनुसार बैंकले प्रत्येक प्रदेशका लागि ५ लाख कोरोना राहत कोसका लागि रकम छुट्याएको छ । कोरोना राहत कोसका लागि स्थानीय तहमा बैंकहरूको सहयोग गर्ने क्रम समेत बढेको छ ।
तानसेन नगरपालिकाको लागि मंगलबार मिसन डेभलपमेन्ट बैंकले १७ हजार बराबरको खाद्य सामग्री प्रदान गर्यो । यस्तै एनआइसी एसिया बैंकले बन्दाबन्दीमा समस्यामा परेका न्यून आय भएका परिवारका लागि ५० हजार बराबरको खाद्यान्न सहयोग रिब्दीकोट गाउँपालिकालाई उपलब्ध गराएको पाल्पा शाखा प्रमुख हरिकृष्ण शर्माले जनाए । यस्तै राष्ट्रिय बाणिज्य बैंकले पनि बगनासकाली गाउँपालिको कोरोना राहत कोषमा १० हजार रकम जम्मा गरिदिएको छ । पाल्पाका विभिन्न सहकारीले नगरपालिका तथा गाउँपालिको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषका लागि खाद्य तथा नगद सहयोग गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
पृथ्वी सहकारीको आठौं वार्षिकोत्सव
पोखरासँग ठूला सहर जोड्दै बुद्ध एअर
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
विकृत बजार, सुस्त अनुगमन
hero news full width
मुख्य समाचार
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८