आगामी सिजनमा ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने रियल मड्रिडको योजना

एजेन्सी
वैशाख ८, २०७७
Real Madrid, Squad

रियल मड्रिडले आगामी सिजनमा क्लबका ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने योजना बनाएको छ ।

त्यसका लागि क्लबको पहिलो टिममा परिवर्तन गर्ने रियलले जनाएको छ । आर्थिक संकट टार्न खेलाडी बेच्न खोजेको मड्रिडले जनाएको हो । रियलले क्लबका बेल, जेम्स रोड्रिग्वेज, भाज्क्वेज, ओड्रिजोला, मारियानो र नाचोलाई बेच्ने योजना बनाएको समाचार छ ।

यसमध्ये रियलले बेल र जेम्स रोड्रिग्वेजका लागि ३२/३२ मिलियन मूल्य तोकेको छ । भाज्क्वेज र ओड्रिजोलाका लागि १६/१६ मिलियन मूल्य तोकेको छ । मारियानोका लागि १३ मिलियन र नाचोका लागि १२ मिलियन मूल्य तोकेको छ ।

यसअघि, खेलाडी अनुबन्धमा अघि रहँदै आएको रियल मड्रिडले लगातार दोस्रो सिजनमा खेलाडी बेच्ने अभियान चलाएको हो । कोरोना भाइरसका कारण विश्व फुटबल बजारमा ठूलो संकट आउने बताउँदै मड्रिड स्क्वाडको मार्केट भ्याल्यू पनि झण्डै १८ प्रतिशतले कम हुने बताइएको छ ।

यस्तो अवस्थामा रियलले ६ जना खेलाडीलाई बेचेर १२१ मिलियन युरो कमाउन खोजेको बताइएको छ । रियल मड्रिडको पूरा स्क्वाडको मूल्य १९१ दशमलव ५ मिलियन युरो छ ।

रियलको योजना अनुसार यी खेलाडीलाई बेचेमा पारिश्रमिक बापतको क्लबले वार्षिक ७५ मिलियन युरो बचाउनेछ ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width