लकडाउनबीच आत्मनिर्भरता पनि, रुपामा घरघरमा बीउ वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
received_3009147082442088

पोखरा । कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा तरकारीमा आत्मनिर्भर हुन कास्कीको रुपा गाउँपालिकाले निःशुल्क बीउविजन वितरण सुरु गरेको छ।

गाउँबासीलाई स्वावलम्बी बनाउँदै तरकारी उत्पादनमा जोड दिन घरघरमा निशुल्क बीउ वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

उनले भने, “कोरोना महामारीले दीर्घकालीन असर नपरोस् भनी हरेक घरमा उन्नत जातको बीउ विजन जनप्रतिनिधि, कर्मचारीमार्फत निशुल्क वितरण गर्दैछौं । ” जसमा पहिलो चरणमा ४ हजार घरपरिवारलाई न्युनतम ४० बोट हुने गरी उन्नत तथा हाइब्रिड जातको वर्खे तरकारी वालीको बीउ दिइएको ओझाले जनाए ।

बीउमा साग, घिरौला, लौका, काक्रो, चिप्लेभिण्डी लगायत तरकारी छन्। जग्गाजमिन भएकाले न्यूनतम ४० बोटका झालपात लगाउनै नियम बनाइएको छ।

उनका अनुसार गाउँपालिकाले ४५ सय घरपरिवारलाई बीउ विजन र १० हजार थान मास्क वितरण गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले ४ सय ८० घरपरिवारलाई राहत वितरण गरेको छ ।

रुपा गाउँपालिकामा, स्वास्थ्य सेवा घरघरमा भन्ने उद्घघोष साथ सबै घरमा स्वास्थकर्मीद्वारा स्वास्थ्य परीक्षण समेत सुरू गरिएको गाउँ पालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। जसमा दिर्घरोगी वा कोही बिरामी भए सोही ठाउँमा तत्काल प्रारम्भिक उपचार गरिनेछ।

यस्तै गाउँपालिकाले लकडाउनमा अत्यावश्यक बाहेक गाउँ प्रवेशमा रोक लगाएको कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width