वालिङ, २५ चैत । यहाँका एक घरबेटीले दश परिवारका लागि एक महीनाको घरभाडा छुट दिएका छन् । वालिङ नगरपालिका १ रामबाच्छा बस्ने क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारका लागि चैत महीनाको घरभाडा छुट दिने घोषणा गरेका हुन् ।
“लकडाउनका कारण काम गरेर खाने समुदायमा निक्कै अप्ठ्यारो परेको छ” घरबेटी गुरुङले भने । “उनीहरुको पीडामा आहात नभई राहतस्वरुप एक महिनाको घरभाडा छुट दिने घोषणा गरेको हुँ ।” वालिङ १ रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समितिको कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् ।“प्रत्येक महीना घरभाडाबाट सत्र हजार ५०० बुझ्ने गरेको थिएँ” घरबेटी गुरुङले भने । “सारा विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिनु जरुरी ठान्दछु ।” आँफूले एक महीनाको भाडा छुट दिंदै गर्दा केही परिवारलाई खाद्यान्न जोहो गर्नका लागि सहयोग पुग्ने भएकाले पनि आँफूले भाडा नलिने निर्णय गरेको घरबेटी गुरुङले बताए । गुरुङले आज वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा १५ हजार नगदसमेत उपलब्ध गराएका थिए ।
एक महीनाको घरभाडा छुट दिएर क्याप्टेन गुरुङले उदाहरणीय कार्य गरेको नगर प्रमुख दीलिपप्रताप खाँणले बताए । “विश्वभर सबै समुदाय कोरोना विरुद्धको अभियानमा एकजुट भएर अगाडि बढीरहेको अवस्थामा क्याप्टेन गुरुङले गर्नुभएको सहयोगको प्रशंसा गर्दछु” नगर प्रमुख खाँणको भनाई थियो । वडा कार्यालयले मनकारी गुरुङप्रति आभार ब्यक्त गर्दै अरुले पनि उहाँको कार्यको अनुकरण गर्न सके राम्रो हुने वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१