काठमाडौं, २१ चैत । हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दारको काम शुक्रवार राति १२ बजेदेखि बन्द हुने भएको छ ।नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबारसमेत देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आइरहेका छन् । तर, राति १२ बजेपछि जुन पर्यटक जहाँ छन् लकडाउन नखुलेसम्म त्यहीँ बस्नुपर्ने भएको छ । उनीहरु आवत–जावत खुकुलो भएपछि मात्र बाहिर निस्कन पाउने छन् ।
यसबीचमा धेरैजसो मुलुकले आफ्ना नागरिकलाई नेपालबाट उद्धार गरी स्वदेश फर्काइसकेका छन् । बोर्डका सीइओ डा. धनन्जय रेग्मीका अनुसार शुक्रबार लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरेर काठमाडौं ल्याइएको छ ।शुक्रबार नै पोखराबाट दुईवटा बसमा पर्यटकहरु काठमाडौं आइरहेका छन् । ‘आज पर्यटकको उद्धार गर्ने समय तोकिएको अन्तिम दिन हो,’ रेग्मीले भने, ‘हामीले नेपालस्थित दूतावासबाट अनुरोध भई आएका र ईच्छुक सबै पर्यटकलाई आज काठमाडौं ल्याइसक्छौं ।’
यसअघि पर्यटन मन्त्रालयले २१ चैत राति १२ बजेसम्म नेपालभर रहेका पर्यटकलाई आ–आफनो मुलुक फर्काउन समय तोक्ने निर्णय गरेको थियो । सोहीअनुसार बोर्ड र मन्त्रालयले स्थानीय प्रशासनसँग पर्यटकलाई स्थलमार्गबाट समेत काठमाडौं आउने वातावरण बनाउन आग्रह गरिएको थियो ।आजदेखि काठमाडौं बाहिरबाट थप उद्धारको काम बन्द भए पनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने ती मुलुकहरुले फिर्ता लैजाने काम भने जारी रहने सरकारी अधिकारी बताउँछन् ।पूर्वको ताप्लेजुङदेखि पश्चिममा धनगढीसम्मबाट पर्यटकहरु काठमाडौं ल्याइएको छ ।
१७०८ पर्यटकको उद्धार
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १७०८ जना पर्यटकको उद्दार भएको छ ।यो शुक्रबार काठमाडौं आउँदै गरेका पर्यटकको समेत संख्या जोड्दा पुग्ने संख्या हो ।
पर्यटक फिर्ता लैजान धमाधम चार्टर्ड उडान
नेपालमा रहेका पर्यटक फिर्ता लैजान धमाधम चार्टर्ड उडान भइरहेका छन् । यसबीचमा यूरोपियन यूनियन मातहतका मुलुकका पर्यटक लैजान कतार एयरवेजका तीनवटा जहाज चार्टर्ड भइसकेको छ ।
यसबीचमा अमेरिकन दूतावासले समेत कतार एयरवेजबाटै पर्यटक फिर्ता लगेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटक फिर्ता लगेका छन् । नेदरल्याण्ड्सले मलेसिया एयरको जहाजबाट यात्रु फिर्ता लग्यो । अष्ट्रिया र चेक रिपब्लिकले समेत मलेसियन एयरबाटै यात्रु फिर्ता लैजाने तयारी गरिहकेको बोर्डको भनाइ छ । जर्मनीले समेत एउटा चार्टर्ड जहाज नेपाल पठाउने तयारी गरेको छ ।
कोरिया र बेलायतले पनि आफ्ना नागरिक फिर्ता लैजाने तयारी गरिरहेका छन् ।‘यसबीचमा पर्यटकहरु फिर्ता लैजान अन्तराष्ट्रिय उडान हुनेछन्, सीइओ रेग्मीले भने, ‘तर, अब काठमाडौं बाहिरबाट भने पर्यटक ल्याउँदैनौं ।’
‘जहाँ छन् त्यही बस्छन्’विभिन्न जिल्लामा रहेका पर्यटकहरु शनिबारदेखि काठमाडौं आउन पाउने छैनन् ।यसबीचमा कतिपय पर्यटक स्वदेश फर्कन चाहेका छन् भने कतिपय आफ्नो देशमा कोरोनाको संक्रमण बढी भएको र नेपालमै सुरक्षित भइने ठानेर भिसा अवधि नसकिउन्जेल यतै बस्ने निर्णयमा पुगेका छन् ।
कतिपय पर्यटकको भने आफ्नो मुलुकले चार्टर्ड उडानको व्यवस्था नगर्दा नेपालमै बस्नुपर्ने बाध्यता आएको हो । सीइओ रेग्मीका अनुसार पोखरामा करीब १ सय जना विदेशी पर्यटक अझै बाँकी छन् । केही पर्यटक लुक्लामा समेत बसेका छन् । उनीहरु भने अब लकडाउन खुलेपछि मात्र बाहिर निस्कन पाउने भएका छन् ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१