स्टेप बाई स्टेपमा विद्यार्थी बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७६

पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखराले विज्ञान तथा व्यवस्थापन कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरेको छ ।विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले अध्ययनका क्रममा सबै विद्यार्थी लगन र मेहेनतसाथ पढी उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा प्रशंसा गरिन् ।

संस्थापक निर्देशक रमाकान्त बरालले असल र योग्य नागरिकका रुपमा विद्यार्थीले आफ्नो र विद्यालयको नाम उच्च राख्ने विश्वास व्यक्त गरे । कार्यक्रममा भाइस प्रिन्सिपल दीपक गिरी, सञ्जय बराल, विद्यार्थी अनुषा रेग्मी र मनिस भण्डारीले पनि बोलेका थिए ।

कार्यक्रममा त्रिविका सहप्राध्यापक कमल सापकोटाले कक्षा ९ देखि १२ कक्षा सम्मको सरकारको नीति आगामी शैक्षिक सत्रदेखि लागू हुने बताए । उनले अब कक्षा ११ मा विज्ञान, व्यवस्थापन लगायत संकायको रुपमा नभै ती संकायमा पढिने विषयलाई ऐच्छिक विषयमा रुपमा लिइने हुँदा अनिवार्य विषयहरु एउटै कक्षामा पढ्न सकिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width