पाल्पा २ फागुन । पाल्पाली सञ्चारकर्मीहरूले सरकारी निकाय र स्थानीय तहमा सूचना प्रवाहमा समस्या रहेकोले सूचनाको हक कार्यान्वयनमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् । डोटीबाट विभाग र विभागबाट पाल्पा सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीसँगको भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूले सरकारी र स्थानीय निकायमा सूचना अधिकारी नतोक्ने समस्या रहेको र तोकिएका निकायबाट जोगिएर सूचना उपलब्ध गराउने समस्या भएकोले सूचनाको हक कार्यान्वयनमा समन्वयकारी भूमिका निर्वाह गर्न प्रजिअलाई सुझाएका हुन् ।
भेटघाटमा सञ्चारकर्मीहरूले बजार अनुगमन, सूचना अधिकारीहरूसँगको नियमित बैठक, मालपोत कार्यालयको सेवाप्रवाह, सरकारी सवारी साधनको दुरुपयोग न्यूनीकरण लगायत सुशासन र पारदर्शिताका लागि समन्वयकारी भूमिका खेल्न आग्रह गरेका थिए । पत्रकारहरूको जिज्ञासाको जवाप दिर्दै प्रमुख जिल्ला अधिकारीले जिल्लामा रहँदा आफु र मातहतका कार्यालयमा सुशासन र पारदर्शिता ल्याउने प्रतिबद्धता जनाए ।
उनले जिल्लामा रहँदा पेशागत हितलाई ध्यानमा राखेर राजनीतिक गन्ध नआउनेगरी काम गर्ने प्रतिबद्धता जनाए । प्रजिअ सुवेदीले सुन्दर शान्त, पर्यटकीय जिल्ला पाल्पाको सांस्कृतिक पर्यटकीय साथै विविध सम्भावना पहिल्याई सेवा प्रवाहमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनअपेक्षाका अनुसारको प्रशासनिक सेवा सुधारका लागि कार्ययोजना बनाएर लाग्ने प्रतिबद्धता जनाए ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१