पोखरा ।पोखरामा शनिबार गौतमबुद्ध र उनको धम्मपदको चर्चा परिचर्चा गरिएको छ ।डा नारायणप्रसाद अधिकारीको २३ औं कृतिका रुपमा प्रकाशित ‘गौतम बुद्ध र उनको धम्मपद’ पुस्तकमाथि शनिबार पोखरामा चर्चा परिचर्चा गरिएको छ ।
सो पुस्तकमाथि मीन लामा, धजवन्त भन्ते, प्रकाशमान गुभाजु, विश्व शाक्य, यज्ञप्रसाद बास्तोला र असफल गौतमले विभिन्न कोणबाट विश्लेषण गरे ।जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल र विश्व हिन्दू महासंघ कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रममा मीन लामाले डा अधिकारीले आफ्नो कृतिमा बौद्ध धर्म र मनुस्मृतिलाई तुलना गरेर सबै अनुयायीले असल कर्म र धर्मको अनुशरण गर्नुपर्नेमा जोड दिएको बताए । उनले धर्मभन्दा पनि सत्धर्मले सत्य कुरा बुझ्न र मनको विस्तार गर्नमा मद्दत पुग्ने हुँदा मानव सेवाका निम्ति धम्मपदले नयाँ आयाम दिएको स्मरण गरे ।
अर्का वक्ता धजवन्त भन्तेले नेपाल सगरमाथा, बुद्ध र संस्कृतिले विश्वमा परिचित रहेको भन्ने अधिकारीको आदर्शवाणी नै महान् भएको चर्चा गरे । उनले बौध धर्मप्रति गर्व महसुस गर्नुका साथै बुद्धका उपदेशलाई मानव जातको कल्याणका लागि अपनाउन जरुरी रहेकोमा जोड दिए ।प्रकाशमान गुभाजुले छोटो समयमा धेरै सिकाउने सामथ्र्य भएको ग्रन्थलाई अध्ययन गरेर मनन गरेमा चित्त सफाइ हुने बताए ।विश्वरत्न शाक्यले गौतम बुद्धको धम्मपदले भन्नुपर्ने धेरै कुरालाई सूत्रात्मक रुपमा अभिव्यक्त गर्ने शक्तिशाली ग्रन्थका रुपमा चिनाए । उनले अधिकारीले सूत्रात्मक अभिव्यक्तिलाई व्याख्या विधिका माध्यमबाट अभिव्यक्त गरेको र जसको मूल आसय भनेको नै सतधर्म भएको बताए ।
पत्रकार यज्ञप्रसाद बास्तोलाले बुद्धको धम्मपदका विभिन्न अनुवाद पढेको स्मरण गर्दै अधिकारीको कृति गहन भाष्य लेखन भएको बताए । उनले धर्मपद बौद्ध वाङमयको एक प्रसिद्ध ग्रन्थ भएकाले जसको अध्ययन र मननले मानवको व्यवहारमा सकारात्मक भाव पैदा हुने धारणा राखे ।साहित्यकार असफल गौतमले अधिकारीलाई बुद्धको सत् धर्म अनुशरण गर्दै वाङ्मयिक अनुष्ठानमा लागेका सकारात्मक सोच माध्यमले सही दिशानिर्देश गर्ने प्रभावशाली व्यक्तित्वका रुपमा चिनाए ।
स्रष्टा नारायणप्रसाद अधिकारीले कृति प्रकाशनको सन्दर्भ उल्लेख गर्दै बुद्धको बचनलाई ध्यानमुद्रामा हेरेर जे अनुभूति भयो त्यही लेखेको बताए । साथै उनले कृति प्रकाशनको छोटो समयमै दोस्रो संस्करण बजारमा आएको र त्यसलाई थप परिमार्जित गरी सुधार्ने मौका प्रदान गर्नका लागिसमेत अनुरोध गरे ।कार्यक्रममा शिव त्रिपाठीले कविता वाचन गरेका थिए । विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ महानगर अध्यक्ष मेनका बरालले स्वागत र जरोटुप्पो संरक्षण साहित्य समाजका महासचिव मदन भण्डारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१