पोखरा । इङ्ल्याण्डको एफए पदाधिकारी तथा नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्सले सहारा एकेडेमीको अवलोकन गरेका छन् ।
जोन्सले सहारा यूकेका पदाधिकारीहरूसँग एकेडेमीको अवलोकन गरेका हुन् ।
एकेडेमीको अवलोकनपछि लाउरेन्सले फुटबल विकासको लागि सहारा एकेडेमीले गरेको कार्य निकै प्रशंसा योग्य रहेको बताए । एकेडेमीको अवलोकनपछि आफूले नयाँ कुुरा सिकेको उल्लेख गरे ।
लाउरेन्सले भने, ‘मैले फुटबल खेलमा ५४ वर्ष बिताए । फुटबल खेलले मानिसलाई कसरी सकरात्मक मार्गमा लान्छ भन्ने कुरा मेरो ५४ वर्षको फुटबल करियरले देखाएको छ । फुटबल खेल, खेलमात्र होइन । यो त सामाजिक कार्यमा युवाहरुलाई प्रेरित गर्ने माध्यम समेत हो ।’
उनले एकेडेमीको अवलोकन गर्दा निकै रमाइलो लागेको बताए । इङ्ल्याण्ड फर्किएपछि आफूले पनि एकेडेमीको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘एकेडेमीले विपन्न वर्गको संपूर्ण जिम्मेवारी लिएको देख्न निकै खुशी लागेको छ । मैले मेरो फुटबल जीवनमा यसरी विपन्न वर्गका अनाथ बालकहरुलाई पूरै जिम्मेवारी लिएर फुटबल विकासमा लागेको देखेको थिइन् । मैले यो देखेर पाठ सिकेको छु । मैले मेरो तर्फबाट सक्दो सहयोग गर्ने छु ।’
त्यस्तै, सहारा युकेका महासचिव धनु थकालीले सहारा युके र सहारा एकेडेमीको सम्बन्ध र क्लबप्रति सहारा युकेको सहयोगबारे प्रकाश पारेका थिए । सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङले सहारा एकेडेमी फुटबलको विकासमा निकै महत्वपूर्ण भुमिका खेल्ने संस्था रहेको उल्लेख गरे ।
सोही अवसरमा सहारा एकेडेमीलाई सपोर्ट नेपाल युकेको प्रतिनिधित्व गर्दै गुरुङ र सहारा युकेका कोषाध्यक्ष प्रकाश गुरुङले समान ५०÷५० हजार रुपैँया सहयोग गरे ।
सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले लाउरेन्स जोन्स लगायत सहारा यूकेका पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे । थापाले नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्सलाई मायाको चिनो समेत प्रदान गरे ।
कार्यक्रममा कार्यक्रममा सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङ ‘साइला’, सहारा क्लब पोखराका सल्लाहकार तथा एनआरएन पूर्व अध्यक्ष मुछेत्र गुरुङ, सदस्य भोज गुरुङ, तमुधीँ युकेका संस्थापक अध्यक्ष मिन कोेन्मे ‘सिक्लेसी’, बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ लगायतले एकेडेमीको अवलोकन गरेका थिए ।
सहारा क्लब पोखराका सचिव रामजी प्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए । उक्त कार्यक्रममा फिफाले बनाएको एकेडेमीको डकुमेन्ट्री समेत देखाइएको थियो । एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु छन् ।
Related News
सम्बन्धित समाचार
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१