पोखरा । चितवन राइनोजले यस सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको उपाधि जितेको छ । विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवन राइनोजले पीपीएल–२ को उपाधि उचालेको हो ।
यस सिजनको पीपीएल–२ को समूह चरणका सबै खेल जित्दै फाइनल पुगेको पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ समेत हात पारेको छ । उपविजेता, विराटनगर टाइटन्सले १० लाख रुपैयाँमा चित्त बुझायो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन मात्रै जोड्न सक्यो । विराटनगरका लागि मुहम्मद जैद आलमले सर्वाधिक ५७ तथा प्रदीपसिंह ऐरीले ३६ रनको मात्रै योगदान दिए ।
बलिङतर्फ चितवनका करण केसीले ३, सन्नि पटेलले २ र रोहन मुस्तफाले समान १ विकेट लिए ।
यसअघि, चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा ठूलो लक्ष्य दिन सफल भएको थियो ।
पहिलो विकेटका लागि रोहन मुस्तफा र पारस खड्काले ३६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भएका थिए । ११ बल फेस गरेका पारसले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
पारसपछि क्रिजमा आएका बाबर हायात भने धेरै बेर क्रिजमा टिक्न सकेनन् । बाबर ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो । त्यसपछि अनिल शाहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितवनको स्कोर १४० मा पु¥याएका थिए ।
तेस्रो विकेटको रुपमा शाह आउट हुँदा उनले अर्धशतक बनाएका थिए । शाहले ३४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाए । १४२ रन हुँदा चौथो विकेट गुमाउँदा रोहन मुस्तफा पनि व्यक्तिगत ५० रनमा आउट भए ।
१९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगेका थिए । आरिफ शेखले ११ बलमा २ छक्का र १ चौका प्रहार गरे । त्यसपछि सन्नी पटेल र करण केसीले चितवनको इनिङ्स अघि बढाएका थिए ।
करणले पनि ८ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन जोडे । सन्नी पटेलले ८ बलमा २ चौकाको मद्दतले १६ रन बनाए । विराटनगरका लागि पूनीत मेहरा र मोहम्मद जइद आलमले २÷२ विकेट लिए । किशोर महतोले १ विकेट हात पारे ।
यस सिजनको नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा करण केसी उत्कृष्ट बलर घोषित भए । उनले १३ विकेट लिएका थिए । उत्कृष्ट व्याट्सम्यान काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल र ‘म्यान अफ दी सिरिज’बाट चितवन राइनोजका रोहन मुस्तफा घोषित भए ।
उनीहरु सबैले टीभीएस मोटरसाइकल पुरस्कार पाए । ‘मोष्ट भ्यालुएबल प्लेयर’ विराटनगर टाइटन्सका लोकेश बम घोषित भए । उनले नगद १ लाख रुपैयाा पाए । इमर्जिङ प्लेयरबाट एक्सपर्ट धनगढी ब्लुजका अनिल खरेल घोषित हुदैं नगद ५० हजार हात पारे ।
तस्वीर : सुरज शाक्य
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१