काठमाण्डौ, ६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उप निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन कार्तिक ७ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले ७ गते उम्मेदवारको टुंगो लगाउन केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो।
कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कार्तिक ७ गतेभित्रै उम्मेदवारको टुंगो लगाउने गरी ताकेता दिन थालिएको बताए। उनले भने, ‘७ गते पार्टी केन्द्रीय समितिको बैठक बस्दै छ, सोही बैठकमा उम्मेदवारको टुंगो लगाउने भन्ने विहीवारको बैठकमा छलफल भयो’, सहमहामन्त्री महतले भने, ‘केही ठाउँबाट उम्मेदवारी सिफारिस भएको छ भने केहीबाट भएको छैन्। उम्मेदवार सिफरिस नभएका ठाउँमा छिटो गर्नका लागि ताकेता गर्ने भन्ने निर्णय भयो।’ उनले सो बैठकमा उपनिर्वाचनका उम्मेदार, तयारी र पार्टीका अन्य गतिविधिका बारेमा छलफल हुने बताए।
त्यस्तै पदाधिकारीको बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाब सरकारलाई दिएको छ। संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने कांग्रेसको ठहर छ।
त्यस्तै संवैधानिक आयोगमा गरिने नियुक्तिलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएको दिएको थियो। बैठकले अनौपचारिक छलफल गरी सहमतिपश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह सरकारलाई दिएको छ।
बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराएका थिए।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रमेश लेखक, डा मिनेन्द्र रिजाललगायत उपस्थित थिए।
आउँदो मंसिर १४ गते प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं २ मा, प्रदेश सभा अन्तर्गत दाङ ३ (ख) भक्तपुर १ (ख), बागलुङ क्षेत्र नं २ (ख) र विभिन्न कारणले रिक्त स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि प्रमुख दलहरुले अहिलेसम्म उम्मेदवारको घोषणा गरेका छैनन्।् । कास्की २मा उम्मेदवारका १६ आकांक्षीको नाम पठाइएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१