तनहुँ, २७ असोज । जिल्ला कारागार तनहुँमा क्षमताभन्दा पाँच गुना बढी कैदी–बन्दी हुदाँ कारागारमा व्यवस्थापनमा समस्या आएको छ ।
तनहुँ कारागारको क्षमता ३५ जना कैदीबन्दीको हो तर उक्त कारागारमा १ सय ४७ जना कैदीबन्दी छन् । तनहुँमा महिला वन्दीगृह भने छैन । कारागारका सहायक जेलर नारायणप्रसाद अधिकारीका अनुसार क्षमता भन्दा झण्डै पाँच गुना कैदीबन्दीलाई कच्ची कोठामा राख्दा व्यवस्थापनको समस्या निम्तेको छ ।
फौजदारी अभियोगमा संलग्न चोरी ,लुटपाट ,जवरजस्ती करणी,हत्या,बलात्कार ,ठगी ,जालसाझी ,किर्ते ,चेलीबेटी बेचविखन,लागूऔषध ओसारपसार ,अपहरण,बहुविबाह,घरेलु हिसांमा सम्लग्न कैदीवन्दीलाई एउटै कोठामा थुनेर राख्दा समस्या उत्पन्न भएको अधिकारीले बताए ।
कारागार ब्यबस्थापनका लागि पटक,पटक सरोकारवाला निकायामा ताकेता गर्दा पनि पक्की भवनका लागि सुनुवाइ हुन सकेको भने देखिदैन । भवन सानो छ र दिन प्रतिदिन जीर्ण भएको छ ।पानी पर्दा चुहिने र झरीपर्दा पानी चुइने स्थिति छ, अधिकारीले भने । चर्को घामलाग्दा जस्ता पाता र कोठाको छाना होचो हुँदा घामको राफले पोलेर बस्न सक्ने अवस्था छैन् कैदीबन्दी राजन पन्तले भने–सरकारले कारागारलाई सुधारगृहको रुपमा घोषणा गरे पनि सुधार हुन भने सकेको छैन् ।
सबै भन्दा समस्या विहान शौचालय जादा हुने गरेको छ,शौचालय जाँदा पालो कुर्नु पर्ने झन्झट, खाना खादा लाईनमा बस्नुपर्ने बाध्यता र ठाँउको अभावका कारण सुत्न पालो गर्नुपर्ने अवस्था रहेको कैदी बन्दीहरु वताउछन् ।
कोचिएर बस्दा कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुका कारण स्वास्थ्य ब्याक्ति समेत विरामी हुने गरेको छन् । समयसमयमा रगत ,सुगर ,प्रेसर र निःशुल्क स्वास्थ्य जाँच हुने गरेको भएपनि विरामीको संख्या दिनप्रतिदिन वढ्ने गरेको वन्दीहरु वताउछन् । कैदीबन्दीले तयार पारेका मुढा,बाँसका कुर्ची, टोपा ,मुरली,झोला,पेटी,पर्स जस्ता सामाग्रीले बजार नपाउँदा आयआर्जनमा समेत समस्या आएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१