पोखरा, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थाको मुद्दा बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका छन् ।
काभ्रेको धुलिखेलमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले नेकपा अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएको प्रति उनले आपत्ति प्रकट गरे । अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको औचित्य अझ बढेको दावी गरे ।
उनले ७५३ वटै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध तथा गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम गर्ने बताएका छन् ।
राप्रपाले लिएको एजेन्डा स्थपित गर्न प्रयास जारी रहेको र केही समय लाग्न सक्ने भए पनि हरेक व्यक्तिले स्वतन्त्र रूपमा एजेन्डा बोकेर हिँड्न संविधानले नै स्वतन्त्रता दिएको थापाले बताए । कार्यक्रममा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक लगायतले पार्टीको विचार, सिद्धान्तबारे बुझाउन प्रशिक्षण कार्यक्रम फलदायी हुने बताए ।
प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता भूवन पाठक, रमानन्द न्यौपाने, रोजेश रिजाल लगायतले प्रशिक्षण दिनेछन् ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१