ओलम्पियन संगीना बैद्य सम्मानित

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
Sangina

ओलम्पियन संगीना बैद्य र कराँते खेलाडी प्रदीप थापा आइतवार सम्मानित भएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो।

उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे। सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे टाइगरलाई पनि सम्मान गरिएको थियो।

तीनै जना खेलाडी नुवाकोटका हुन्। संगीना सन् २००४ मा ग्रीसको एथेन्समा भएको ओलम्पिक खेलकुदमा छनोट चरण पूरा गर्दै सहभागी भएकी थिइन्। उनी छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन्।

सन् १९९६ मा अस्ट्रेलियाको मेलवर्नमा भएको एसियन तेक्वान्दो च्याम्पियनसीपमा संगीनाले स्वर्ण पदक जितेकी थिइन्। एसियाली क्षेत्रमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। प्रदीप थापाले सन् २०१८ अक्टोबरमा रुसको सेन्ट पिटर्सवर्गमा भएको युरोपियन अल स्टार स्पोर्टस् हाप्किडो च्याम्पियनसीपमा काँस्य पदक जितेका थिए। नुवाकोटे टाइगरले गत मेमा काठमाडौंमा भएको एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसीपको उपाधि जितेका थिए।

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान प्रदेश ३ उपसभामुख राधिका तामाङले आफ्नो आमाबुवाको स्मृतिमा स्थापना गरेको संस्था हो।

Related News

सम्बन्धित समाचार

hero news full width