पोखरा, १० जेठ । पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न थालेको कनेक्टिङ सडक निर्माणको कामले गति लिएको छ । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा २४ मा सडकको स्तरोन्नति गर्ने काम अहिले धमाधम भइरहेको छ ।
पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीका अनुसार आमकुना चिलिडाँडा, सिमलचौर—गुन्टेचौर—फुल्सेडाँडाहुँदै देउराली सेरा सम्मको सडक खण्ड र पामेदेखि वडा कार्यालयसम्म पुग्ने कनेक्टिङ सडकको काम भइरहेको हो ।
आमकुना देउराली सेरा सडक खण्डको काम ३० प्रतिशत पूरा भएको वडा नम्बर २४ का इन्जिनियर रामजीप्रसाद त्रिपाठीले जानकारी दिए । उनका अनुसार सडकमा ग्याबियन भर्ने काम सकिएको छ । उक्त सडक खण्डको ३ किमी सडकलाई नालासहित ८ मिटर चौडाइको बनाइने छ । सडक खण्डमा ३ सय ६० मिटर नाला बनाइनेछ । ५ ठाउँमा गरी ३ सय ५० घनमिटर ग्याबियन भर्ने काम सकिएको त्रिपाठीले बताए ।
उक्त सडकमा ५ ठाउँमा कल्र्भट पाइप र २ ठाउँमा सिँचाइको पाइप, एउटा कजवे, एउटा बेस्टवाल, निर्माण गरिने छ । फराकिलो पारिएको सडक खण्डको ३ किमी सडकलाई ग्राबेलिङ गरिने महानगरको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए ।
सडकको उक्त काम गर्न महानगरपालिकाले १ करोड ५० लाखमा टेन्डर आह्वान गरेकोमा कुमार कस्ट्रक्सनले ९२ लाख ६५ हजारमा सम्पन्न गर्ने गरी महानगरपालिकासँग सम्झौता गरेको छ । निर्माण कम्पनीलाई आगामी भदौ ४ गतेसम्म काम सक्न समयसीमा तोकिएको छ । निर्माण कम्पनीले गत चैत १५ गते सम्झौता गरी काम गरिरहेको छ ।
यसैगरी वडा नम्बर २४ कै पामेदेखि वडा कार्यालयसम्म पुग्ने सडकलाई पनि स्तरोनन्ति गर्ने काम भइरहेको छ । १ हजार ५ सय मिटरसम्म सडकलाई नालासहित ८ मिटर फराकिलो बनाइने इन्जिनियर त्रिपाठी बताए । उनका अनुसार ५० मिटर रिटेनिङवाल, ४ ठाउँमा गरी ३ सय ४५ ग्याबियन भर्ने, कल्भर्ट ५ वटा, कजवे एउटा निर्माण गरिने छ ।
उक्त सडकको ५ सय मिटर सडकलाई ग्राबेलिङ गरिने छ । उक्त कामका लागि ७५ लाखमा महागरले टेन्डर निकालेकोमा ४६ लाख ७६ हजारमा सक्ने गरी केडी कस्ट्रक्सनले सम्झौता गरेको छ । निर्माण कम्पनीलाई भदौ ४ गते भित्र उक्त काम सक्नको लागि समय सिमा तोकिएको छ । महानगरले कनेक्टिङ सडक अन्तर्गत २७ योजनालाई बहुवर्षीयमा राखेका काम गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१