वैशाख २२, लेखनाथ। रुपा गाउँपालिका–६ खोलाकोछेउ स्थित पृथ्वीरुपा माविमा आयोजित महायज्ञबाट झण्डै १ करोड रुपैंया संकलन भएको छ।
पुसमा संचालित ज्ञान महायज्ञबाट ९५ लाख ८५ हजार संकलन भएको आयोजक समितिले आईतबारसार्वजनिक गरेको हो।
आय व्यय विवरण सार्वजनिक गर्दै आर्थिक उप–समितिका संयोजक ज्ञानेन्द्रराज सुवेदीले कुल ९५ लाख ८५ हजार आम्दानी भएको, २३ लाख ७४ हजार खर्च भई ७२ लाख ११ हजार वचत भएको विवरण सार्वजनिक गरेका हुन। पोखरा–३२ का अध्यक्ष अक्कल बहादुर कार्कीले महायज्ञबाट वचत रकम जुन उदेश्य अनुसार संकलन गरिएको हो त्यसै अनुरुप नै खर्च हुनुपर्ने सुझाव राखेका थिए।
यस्तै दानदाताहरुको तर्फबाट बोल्दै महावीर वस्नेत, सुकमाया आले, हरिप्रसाद पँगेनी, धिरज कुमार श्रेष्ठ लगायतले आफुहरुले महायज्ञमा गरेको दानको सहि सदुपयोग हुनुपनेर्मा जोड दिएका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महादेव सुवेदी, महायज्ञ आयोजक समितिका सह–संयोजक सुवेदार तुलबहादुर गुरुङ, मूल समारोह समितिका सह–संयोजक रामचन्द्र सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर सुयल लगायतले बोलेका थिए।
महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै रुपा गाउँपालिका वडा नं. ६ का बडाअध्यक्ष नारायण गुरुङले महायज्ञबाट संकलित रकम र विभिन्न संघ संस्थाहरुको सहयोगमा वडाको भिमसेन डाँडामा १ करोड ७ लाखको लागतमा ६ कोठे पक्की भवन निर्माण भएको र अन्य निर्माणका काम गाउँपालिका र अन्य संघ संस्थाहरुसँग सहकार्य गर्दै ब्यवहारिक र प्रयोगगात्मक शिक्षाका लागि प्राविधिक शिक्षाको पढाई संचालन गनेर्मा आफुहरु तल्लिन रहेको धारणा राखेका थिए।
स्थानीयहरुले संकलित रकमको पारदर्शिता, सदुपयोग र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन लगायतका विषयमा सुझाव राखेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रामचन्द्र ओझाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१