फागुण २४,पोखरा । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखरामा जडिबुटी पहिचान, उपचार, रोजगार व्यवसाय तथा उद्योग विषयक प्रशिक्षण सम्पन्न भएको छ ।
गोल्डेन बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको आयोजना तथा महिला उपसमितिको संयोजनमा उक्त तालिम दिइएको हो । तालिमका प्रशिक्षक अधिवक्ता महेन्द्रमान व्यथितले हामीले हाम्रो घर आँगनमा भएका जडीवुटी र त्यसको महत्व चिन्न नसकेको बताए ।
पछिल्लो समय नेपालीहरुले आहार बिहारमा ध्यान नदिंदा नयाँ नयाँ रोगको शिकार बन्नुपरेको उनको भनाई थियो । साथै घरेलु जडीवुटीको प्रयोग र यसलाई व्वसायिक रुपमा कसरि प्रयोग गर्न सकिन्छ भन्ने बारेमा पनि जानकारी दिएका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका साँसद पुष्पा केसी भण्डारीले यस प्रदेशमा पुरुषको तुलनामा महिलाको संख्या बढि भएको अवगत गराइन् । संख्यामा महिला बढि भएकाले पनि अवसरमा अब ३३ प्रतिशत नभई हरेक क्षेत्रमा ५० प्रतिशतको सहभागिता हुुनुपर्नेमा उनले जोड दिइन् । अब महिलाहरु परम्पराबादी सोंचबाट माथि उठेर प्रविधिको प्रयोगतर्फ लाग्नुपर्ने साँसद केसीको भनाई थियो ।
आयोजक संस्थाका महिला समिति संयोजक तारा शर्माले तालिमका बारेमा प्रकाश पार्दै महिलाहरुको आय आर्जनका लागि पनि तालिम सिद्ध हुने विश्वास व्यक्त गरिन् । कार्यक्रम संयोजक समेत रहेकी उनले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सके उपयोगी हुने बताइन् ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद बराल, सचिव कृष्ण प्रसाद पोखरेल, सदस्य सीता लामिछाने, सदस्य कमला भुजेल, लगायतले महिला दिवसका अवसरमा शुभ–कामना मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१