पोखरा, २३ फागुन। मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुरको ठिमी र काभ्रेपलाञ्चोकको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ।
ठिमी शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल तथा बनेपा शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठले गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, स्थानीय समाजसेवीलगायतले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए।
बैंकका सञ्चालक समिति सदस्य नारायणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए। उनलेे विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ हातेमालो गर्न सधैँ तत्पर रहेको बताए।
मुक्तिनाथ विकास बैंक लि. देशैभरी अनौपचारिक रुपमा १ सय १४ वटा शाखा, २० वटा एटीएम र करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटीएम कार्ड सेवा, एविविएस जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१