संस्कृतिविद सत्यमोहन जोशीको नाउँमा पार्क निर्माण गरिने

एजेन्सी
फागुन १०, २०७५
Satya_Mohan_Joshi01


काठमाण्डौ, १० फागुन । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा बाटो र पार्क निर्माण हुने भएको छ ।

जोशीको जन्म शताब्दीको अवसर पारेर ललितपुर महानगरपालिकाले प्रतिमासहित पार्क निर्माण गर्ने र कुनै एक बाटोलाई उनको नाममा नामाकरण गर्ने भएको हो । उनी २०७६ साल बैशाख ३० गते सय वर्षमा प्रवेश गर्दैछन्।

साथै, महानगरले सत्यमोहन जोशी प्रतिष्ठान एवम् अध्ययन केन्द्र स्थापनासमेत गर्ने भएको छ। त्यस्तै, स्वर्ण मुद्रा र हुलाक टिकट प्रकाशनसमेत गरिने बताइएको छ।

महानगरले यी सबै कार्यका लागि यस आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्याएको छ। २०७६ बैशाख ३० गते जोशीलाई ललितपुर महानगरपालिका परिक्रमा गराउने कार्यक्रम रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width