पोखरा म्याराथनको तयारी तीव्र

आदर्श समाज संवाददाता
फागुन २, २०७५
khal

????????????????????????????????????

पोखरा, २ फागुन । पोखरामा पाँचदिनपछि हुने १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन सफल पार्न तयारी तीव्र पारिएको छ ।

आयोजक संस्था भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले प्रतियोगिता सफलपार्न २६ उपसमिति गठनगरी तयारी तिव्र पारेको वताए । गुरुङका अनुसार ३ सय ५७ वटा संघ–संस्थासंग समन्वय गरी तयारी तीव्र पारिएको हो ।

म्याराथन दौडले पोखरका १७ वडालाई समेटेको छ, भने ती वडाको अध्यक्षहरुले समेत दौडलाई सहयोग गरेको वताए । दौडमा जापान, चीन, फ्रान्स सहितका युरोपका समेत धावकले सहभागिता जनाउने छन् ।

४२ किलोमिटर दुरीलाई १२ भागमा विभाजन गरी एम्बुलेन्स सहितको स्वयम सेवकको व्यवस्था समेत गरिएको छ । मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले यसपटक प्रविधीमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए ।

प्रतियोगिताका वारेमा विहीवार संचारकर्मीसँग छलफल गरिएको र संचारकर्मीले दौड सफल पार्न आफुहरुको सहयोग रहने वताएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width