पोखरा, २६ पुस । एयरपोर्ट टोल विकास संस्थाको चौधौ साधारण सभा तथा छैटौं अधिवेशनले सावित्री घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ।
संस्थाको उपाध्यक्षमा श्यामबहादुर श्रेष्ठ, सचिव मञ्जु शाही, सहसचिव ईश्वरी पौडेल, कोषाध्यक्षमा डिल्लीराम पौडेल चयन भएका छन्।
सदस्यमा शोभा पौडेल, संगीता तिमिल्सिना, आशा जिसी, रीना थापा, आशा गुरुङ, कलावती क्षेत्री, केशवराज ढकाल, सरला अधिकारी, शर्मिला रानाभाट र अम्बिका शर्मा छन् ।
सांसद इन्द्रधारा विष्टले टोलको काममा आफू सधैँ क्रियाशील रहने बताए। विष्टले टोलका हरेक क्रियाकलापमा टोलवासीसँंगै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे। पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले टोलका समस्या समाधानका लागि वडासम्म सहज ढंगले पुर्याउन संस्थाले पुलको काम गर्नुपर्ने बताए। महानगरले वडामा परिणाम देखिने गरी काम गर्ने बताउँदै बरालले विभिन्न सीपमूलक तालिम सञ्चालनमा टोल विकास संस्था क्रियाशील हुनुपर्ने सुझाव दिए । वडा सदस्य कृष्णमान ठुसाजुले उज्यालो वडा बनाउने महानगरको योजना पूरा हुन लागेको बताउँदै टोल विकास संस्थाहरु जनताका समस्यामा क्रियाशील हुनुपर्ने बताए ।
पोखरा महानगरपालिका शहरी विकास तथा गरीबी न्यूनिकरणका प्रमुख संविता ढुंगानाले महानगरको केन्द्रमा रहेको वडा ८ लाई उत्कष्ट वडाको रुपमा चिनाउन एयरपोर्ट टोल विकासको महत्वपूर्ण स्थान रहेको बताइन्।
कार्यक्रममा संस्थाका सल्लाहकार ध्रुवराज पौडेल, कर्मशील सहकारीका उपाध्यक्ष संगीता तिमिल्सिना, आमा मिलनका अध्यक्ष इन्दिरा पौडेल, हातेमालो आमा समूहका अध्यक्ष गीता पंगेनी पौडेल, फेवा सिटी अस्पताल सञ्चालक त्रिभुवन पराजुली, नागवेली टोल विकास संस्थाका अध्यक्ष शारदा गिरी, नागढुंगा आमा समूहका अध्यक्ष लक्ष्मी गिरी लगायतले बोलेका थिए । संस्थाका सचिव श्यामबहादुर श्रेष्ठले टोल विकास संस्थामा १ सय ८१ घरधुरी रहेको बताए ।
संस्था अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्री घिमिरे र सञ्चालन सचिव श्यामबहादुर श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१