पोखरा, २२ पुस ।सवोर्च्च अदालतको आदेशपछि थुनामुक्त भएका राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ले सांसदको शपथ लिन दिएको निवेदन सभामुखले फिर्ता पठाइदिएका छन् ।
आइतबार प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिबाट सर्वसम्मत रुपमा शपथ नगराउने निर्णय गरेपछि सभामुख नेत्रनाथ अधिकारीले तत्काल सपथ गराउन नसक्ने निर्णय मनाङेलाई सुनाए । बैठकमा बोल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सहभागी गराउन नसकिने बताएका हुन् ।
सवोर्च्चको आदेशमा थुनामुक्त भएपनि मुद्दा फैसला नभएकोले सपथ ग्रहणबारे अन्यौल सिर्जना भएको थियो । पुस ११ गते मनाङेले सपथका लागि निवेदन दिएका थिए । उनको निवेदन आएपछि पुस १४ गते कार्यब्यवस्था परामर्श समितिको बैठकसमेत गणपुरक सदस्य संख्या नपुगेको भन्दै स्थगीत गरिएको थियो ।
सबैको राय बुझेपछि सभामुखले आइतबारको बैठकमा मनाङेको सपथ तत्काल गराउन नसकिने निर्णय सुनाए । गुण्डा नाइकेको रुपमा परिचित मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
मनाङेलाई जिताउनकै लागि एमालेले आफ्नो आधिकारिक उम्मेदवारलाई फिर्ता बोलाएको थियो । चुनाव जितेको बर्षदिन वितिसकेपनि हालसम्म उनले सांसदको हैसियत पाउन सकेका छैनन् । प्रदेशसभा सांसदको सपथ लिनुअघि नै उनलाई कर्तब्य ज्यान मुद्दामा अदालतले कारागार पठायो । नयाँ फौजदारीसंहिता लागु भएपछि १० बर्षभन्दा कम सजायँ हुने मुद्दामा जेलबाहिरै बसेर मुद्दा लड्न पाउने ब्यवस्था गरेकोले सवोर्च्च अदालतले थुनामुक्त गर्न आदेश थिएको हो ।
प्रतिपक्षीमाथि मनाङेको आक्रोश
कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपश्चात सभामुखले सपथ ग्रहण नगराउने निर्णय लिएपछि गुरुङले सांसदहरुले लोकतन्त्रको मान्यता नबुझेको आरोप लगाए । ‘पोखरा आउँदैछु । सोमबार म पनि हाउस जान्छु । आदर्शसमाजसँगको फोनवार्तामा उनले भने, ‘प्रतिपक्षीले विरोध गरेको छ रे भन्ने सुनेको छु । उनीहरुलाई नलेज रहेनछ । आएर सिकाउँछु ।’
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टीप्रति उनले आक्रोश पोखे । सभामुखले मुख्य न्यायधिवक्तासँग सल्लाह गरेर निर्णय लिनुपनेर्मा पार्टीका सांसदसँग छलफल गर्नु नै गलत भएको उनी सुनाउँछन् । उनले पोखरा आएर आवश्यक छलफल गर्ने बताएका छन् ।
‘कानुनभन्दामाथि कोही छैन । देशमा लोकतन्त्र आयो । तर, लोकतन्त्रको मतलव कसैलाई थाहा भएन,’ उनी अघि भन्छन्, ‘प्रतिपक्षी भनेको सरकारले गरेको कमजोरी केलाउने हो । निहुँ खोज्ने त होईन नि ।’
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१