भलिबल प्रतियोगिताको लागि जापानी सहयोग

आदर्श समाज सम्वाददाता
पौष ८, २०७५
help

पोखरा, ७ पुस । नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले पोखरा १५ स्थित सिद्ध माविमा आयोजना हुने अन्तरविद्यालयस्तरीय मैत्रीपूर्ण् भलिबल प्रतियोगिताका लागि सहयोग गरेको छ ।

आगामी वर्षको मार्च ४ देखि ९ सम्म हुने सो प्रतियोगिताको लागि संस्थाले ३ लाख रुपैयाँ उपलब्ध गराउने संस्थाका अध्यक्ष किन्जो यामासीताले जनाए ।

पहिलो किस्तास्वरुप विद्यालयका प्रअ शंकर ज्ञवालीलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरियो ।

विगत ३० वर्षदेखि संस्थाले नेपालका सरकारी विद्यालयको नयाँ भवन निर्माण, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, फर्निचर, खेलकुद सामग्री, चिप्लेटी, पिङ सेटअप प्रदान एवं फोटो डे र शैक्षिक टूर गर्दै आएको छ । पोखरामा भने संस्थाले पहिलो पटक सो सहयोग गरेको संस्थाका नायोया-जापानका चिफ राजेन्द्र थापाले जानकारी दिए । भलिबल प्रतियोगितामा सेती पूर्वका १० सरकारी विदालयका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने छात्रहरुले भाग लिनेछन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा संथाका प्रतिनिधि सुनिल हिराचन र मनु हिराचनको समेत उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width